छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

२० असार, विराटनगर । छात्रालाई बलात्कार गरेको आरोपमा विराटनगरस्थित गोग्राहा उच्च माविका एक शिक्षक पक्राउ परेका छन् । मोरङ थलाहा घर भई हाल विराटनगर-५ मा कोठा भाडामा लिएर बस्दै आएका २८ वर्षीय दिपेन्द्र विश्वासलाई प्रहरीले पक्राउ गरेको हो ।
शिक्षक विश्वासले विभिन्न प्रलोभन देखाइ १४ वर्षीया छात्रालाई कोठामा बोलाउने यौन दुर्ब्यवहार गरेको आरोप छ । पढाई दिन्छु भन्दै कोठामा बोलाएर विभिन्न सामाग्री खरिद गरिदिने गरेका शिक्षकले जर्वरजस्ती करणी गरेको भन्दै पीडित छात्राले परिवारको सहयोगमा जिल्ला प्रहरीमा जाहेरी दिएकी हुन् ।
पीडितको जाहेरीका आधारमा प्रहरीले शिक्षकलाई पक्राउ गरी अनुसन्धान थालेको मोरङ प्रहरीका प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । स्वास्थ्य परिक्षण गरी उनलाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ । छात्राले आˆनो चाहना नहुँदा नहुँदै जर्वरजस्ती गरेको र घरमा भने मार्ने धम्की दिएको प्रहरीसमक्ष बयान दिएकी छन् ।
शिक्षकले बलात्कारपछि कान्छी श्रीमती भन्दै कोठामा केहीबेर थुनेर राखेपछि छात्राले रोईकराई गरेर घर पुगेकी थिइन् । त्यसपछि परिवारका सदस्यको सहयोगमा प्रहरीमा पुगेकी किटानी जाहेरी दिएकी हुन् ।
पक्राउ परेका शिक्षकविरुद्ध जर्वरजस्ती करणीको मुद्दा दर्ता गरेको छ 

0 comments

Write Down Your Responses

Powered by Blogger.