बालकको हत्या गरी बुबा फरार

११ साउन, राजविराज । सप्तरीको कोचावखारी-९ कुपहीका ८ वर्षीय गोविन्द खङ्गको हत्या गरी फरार रहेका उनका बुबा ३५ वर्षीय श्रवण खङ्ग खत्वेविरुद्ध आइतवार जाहेरी दर्ता भएको छ ।
मृतकका मामाली हजुरबुबा दिघवा-७ का सीताराम खङ्ग खत्वेको उजुरीका आधारमा जिल्ला प्रहरी
कार्यालयमा कर्तव्यज्यान मुद्दा दर्ता भएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक राजेश सुवेदीले जानकारी दिए बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा बालकको शव बरही वीरपुर-१ स्थित घोडदह खोलाको किनारमा रहेको पिपलको रूखनजिक शुक्रबार फेला परेको थियो । लासको दुई मिटर पश्चिम हत्यामा प्रयोग भएको बन्चरोसमेत फेला परेको प्रहरी नायब उपरीक्षक केदार ढकालले बताए । घटनापछि हत्याका आरोपित श्रवण खङ्ग फरार रहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक वर्षर्अघि मृतकका आमाले आत्महत्या गरेको गाउँलेले बताएका छन् ।
लासको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शनिबार साँझ शवपरीक्षण गरी मृतकका मामाली हजुरबुवा सीतारामलाई बुझाइएको अस्पतालले जनाएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.