बलात्कार गरी फरार अभियुक्त पक्राउ

महोत्तरी, १९ असार । महोत्तरी जिल्लाको बर्दिबासमा आफ्नै छिमेकीको छोरीलाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले बुधबार एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बर्दिबास गाविस ५ बस्ने महेन्द्र साह सोनारका छोरा ३२ वर्षीय दिनेश रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
दिनेशले २०६८  जेठ ५ गते आफ्नै छिमेकीका एक किशोरीलाई बलात्कार गरी फरार रहेकामा प्रहरीले बुधबार उनलाई बर्दिबास बजारबाट पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक अशोक झाले बताउनुभयो ।
पीडित परिवारले घटना भएकै दिन प्रहरीमा दिएको जाहेरीपछि आरोपित फरार रहँदै आएकामा उनी एक्कासि बर्दिबास बजारमा देखापरेपछि उनलाई पक्राउ गरेको निरीक्षक झाले बताउनुभयो ।आरोपित दिनेशलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत महोत्तरीमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.