सात नेपाली चेलीले अब अन्टार्टिकाको हिमाल चढ्ने

यी चेलीहरुको लक्ष्य हिमाल आरोहणमात्र होइन, उनीहरु महिलाको सशक्तता, शिक्षा र वातावरणीय चेतनामा
पनि सघाइरहेका छन्।
केही दिनअघि, बुधबार, अमेरिकी विदेशमन्त्री जोन केरीले यी सात चेलीहरुलाई भेटे। वासिङ्टन डिसीमा महत्वपूर्ण सरकारी अधिकारीहरुसँग भेटेर उनीहरु लस एन्जलस उडेका छन्।जुन २४ मा यी सात चेलीहरुले अमेरिकामा सबैभन्दा अग्लो हिमाल माउन्ट म्याकिन्ले चढे। अब अन्टार्टिकाको माउन्ट भिन्सन चढेपछि यी चेलीहरुले सातै महादेशका अग्ला हिमाल आरोहण गरिसक्नेछन्। अनि उनीहरु बन्नेछन्( संसारका सातै महादेशका सर्वोच्च शिखर चढिसक्ने पहिलो महिला टोली। पहिलोपटक आफ्नै देशमा रहेको संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा चढेर उनीहरुले हिमाल आरोहण सुरु गरेका हुन्।
सन् २००८ यता यी सात चेलीहरुले नेपाल, अष्ट्रेलिया, रसिया, तान्जानिया, अर्जेन्टिना र अमेरिकाका २ सयभन्दा बढी स्कुलको भ्रमण गरिसकेका छन्।
0 comments
Write Down Your Responses