बढ्दो गर्मीसँगै भाइरल ज्वरो र टाइफाइडको प्रकोप

केही दिनयता दिनभरि चर्का घाम लाग्ने र रातिको समयमा हल्का वर्षा हुने गरेकाले यहाँ भाइरल ज्वरो र
टाइफाइडको प्रकोप फैलिएको हो । भाइरल ज्वरो र टाइफाइडको प्रकोपका कारण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीको चाप बढेको छ ।विगत दुई साताको अवधिमा तीनजनाभन्दा बढी टाइफाइड र भाइरल ज्वरोका बिरामी उपचार गराई घर फर्केको इमर्जेन्सी वार्डका रामकुमार दियालीले जानकारी दिनुभयो ।उहाँका अनुसार अचेल दैनिक ३०/४० जना भाइरल ज्वरो र टाइफाइडका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । अञ्चल अस्पतालबाहेक सदरमुकाम राजविराजस्थित विभिन्न चिकित्सकको निजी क्लिनिकका साथै जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा यी रोगका बिरामीको चाप बढेको छ ।
छिटोछिटो मौसममा आउने परिवर्तन र खानपानमा सजकता नअपनाउँदा भाइरल ज्वरो र टाइफाइडको प्रकोप बढेको चिकित्सकहरु बताउँछन् । दैनिकजसो अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा शय्याको अभाव भएको छ ।
सप्तरीसहित सिरहा, उदयपुर र भारतका विभिन्न गाउँबाट समेत अञ्चल अस्पतालमा बिरामी आउने गरेकाले अस्पतालमा शय्याको अभाव हुने गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेश झाले बताउनुभयो ।
0 comments
Write Down Your Responses