मापसे गरेर प्रहरीलाई कुटपिट गर्ने हिरासतमा
धनकुटा, असार २३ – जिल्लाको भेडेटारमा मादक पदार्थ सेवन चेकजाचका क्रममा प्रहरी माथि हातपात गर्ने
पाँच जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मादक पदार्थ सेवन चेकिङ गर्ने क्रममा प्रहरीमाथी हातपात गर्ने सुनसरी जिल्लाको हाँसपोसा–२ का ३३ वर्षिया सिजन गुरुङ, २७ वर्षिया विनोद तामाङ, १८ वर्षिया सुरेन्द्र राई, ३७ वर्षिया नविन गुरुङ र ४१ वर्षिया हर्कराज राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक इश्वरी प्रसाद चापागाईले जानकारी दिए ।
युवाहरुले सई भक्तबहादुर लिम्बुको नेतृत्वमा गएको प्रहरी टोली माथि हातपात गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दाएर गरिएको प्रहरी प्रमुख चापागाईले बताएका छन् ।
0 comments
Write Down Your Responses