पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरी, २४ असार । पोखरीमा डुबेर आज सप्तरीको इटहरी विष्णुपुर गाविसमा एक बालकको मृत्यु भएको छ 
मृत्यु हुनेमा इटहरी विष्णुपुर गाविस–९ रञ्जितपुर निवासी सुशीलकुमार साहका तीन वर्षीय छोरा सुशान्त
साह रहेको प्रहरीले जनाएको छ ।   खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर सुशान्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतक बालकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.