एक लाख नक्कली नेपाली रुपैयाँसहित २ जना पक्राउ प्रकाश लम्साल

बारा, आषाढ २४ । बारामा नक्कली नेपाली रुपैयांँसहित पक्राउ गरिएका दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक विक्रम थापाको नेतृत्वको टोलीले गढीमाई नगरपालिका जितपुरबाट मोटरसाइलमा जाँदै गरेको अवस्थामा उनीहरुलाई नक्क्ली एक लाख ५ सय
रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट समानुपातिकतर्फको उम्मेदवार रहेका पर्सा बैरियाबिर्ता ३ का रामदयाल ठाकुर र भारत बिहार घर भइ हाल बारामा बस्दै आएका महमद मुस्तकीम मिया छन् ।
उनीहरुमाथि थप छानबिन भइरहेको प्रहरीले जनाएको छ

0 comments

Write Down Your Responses

Powered by Blogger.