सुनसरी चतरास्थित नहर क्षेत्रका बासिन्दाको उठिबास रत्न प्रसाद आचार्य

विकल्प खोज्ने समय र पूर्व जानकारी नदिइ आफ्नो घर भत्काइँदा बसोबासका लागि जाने ठाउँ नभएकाले आफ्नो परिवारको बिजोग भएको उनीहरुको भनाइ छ । आयोजनाले नहरदेखि दायाँ–बायाँ एक सय फिटसम्मका ३ हजार ५ सय वटा घर टहरा भत्काएको थियो
वर्षाको समयमा घर भत्काइँदा पीडितहरु अहिले खुल्ला आकाशमुनि बस्न बाध्य छन् । सुनसरी मोरङ सिंचाइ आयोजनाका प्रमुख महाजन यादवले पटक–पटक चेतावनी दिँदा पनि नहर क्षेत्र अतिक्रमण गरी बसेकाहरु नहटेकाले बाध्य भएर बल प्रयोग गर्नुपरेको जनाएका छन् ।
0 comments
Write Down Your Responses