इराक पुगेका नेपाली महिला त्यही बेचिने

काठमाडौं,१ साउन। वैदेशिक रोजगारीका लागि द्वन्द्वग्रस्त खाडी राष्ट्र इराक पुगेका नेपाली महिला त्यही पटक पटक बेचिने गरेका छन् । इराकका विभिन्न सहरमा सक्रिय मानव संशाधन आपूर्ति गर्ने गिरोहले नेपाली महिला कामदारलाई इच्छाविपरीत ७ लाख ७८ हजार सम्ममा बेच्ने गरेको पाइएको छ । यसरी
बेचिएका महिला कामदारलाई मासिक ४ सय देखि ७ सय अमेरिकी डलरसम्म तलव दिने गरिएको छ परराष्ट्रका अनुसार इराकमा रहेका नेपाली उद्धार गर्न विशेष प्रतिनिधिका रुपमा परराष्ट्रका सहसचिव अर्जुकान्त मैनाली र उपसचिव तीर्थ अर्याल त्यहाँ पुगेपछि नेपाली महिला बेचिने गरेको जानकारी आएको हो ।
0 comments
Write Down Your Responses