डुबेर बृद्ध र नाबालिकाको मृत्यु

विराटनगर, साउन ७
 मोरङ मधुमल्ला–२ मा दुई वर्षीया नाबालिकाको सेफ्टी ट्याङंकीमा डुबेर मृत्यु भएको छ। राजु गहतराजकी छोरी सिखाको स्थानीय नायायण श्रेष्ठको सेफ्टी ट्याङकीमा डुबेर बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ। 
 डुबिरहेको अवस्थामा फेला पारी उपचारार्थ स्थानीय मेडिकल लगिएकोमा उपचारको क्रममा विहान साढे ११ बजे मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ। 
 यता, मोरङकै डाँगीहाट–९ मा ६० वर्षीय बृद्धको घैटीपैनीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। बाहुनी गाविस–४ बस्ने माइला खवासलाई स्थानीयले दिउँसो एक बजे मृत फेला पारेका हुन्। 

0 comments

Write Down Your Responses

Powered by Blogger.