मोरङमा धमाधम रोपाइँ

मोरङमा कुल ९७ हजार ८६० हेक्टर खेतीयोग्य जग्गा छ । सोमध्ये ६० हजार ६७३ हेक्टर सिञ्चित र ३७ हजार १८७ असिञ्चित जग्गा छ । सिञ्चित क्षेत्रका २९ हजार १२३ हेक्टर अर्थात् ४८ प्रतिशत जग्गा र असिञ्चित क्षेत्रका १२ हजार २७१ हेक्टर अर्थात् ३३ प्रतिशत खेतमा धानबाली रोपाइँ कार्य बुधबारसम्ममा सम्पन्न भइसकेको छ ।
सिँचाइ सुविधा पुगेका बेलबारी, रङ्गेली र बाउन्ने गाविसमा ८० प्रतिशतभन्दा बढी जग्गामा धानबाली रोपाइँ सम्पन्न भइसकेका छन् भने सिजुवामा ६० प्रतिशत र उर्लाबारीमा ४५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको सो कार्यालयका योजना अधिकृत रुद्र राउतले जानकारी गराए ।
कतिपय किसानले खेत नजिकको खोल्सीहरूलाई बाँधेर भए पनि खेतमा सिँचाइ गरी रोपाइँ गरिरहेका छन् । कतिपयले वर्षाको आशा त्यागेर धमाधम बोरिङ गरेर रोपाइँ गर्न तत्पर भएका छन् ।
विगत दुई दशकदेखि किसानले परम्परागत रूपमा गर्दे आएका अगहनी धानबालीको ठाउँमा उन्नत जातका धानखेती गर्न थालेपछि असारे वर्षाको महत्व अत्यधिक भएको छ ।
असार मसान्तसम्ममा किसानको चाहनाअनुरूप वर्षा नभएपछि यसको कुप्रभाव धानबालीको रोपाइँमा परेको देखिन्छ ।
0 comments
Write Down Your Responses