साउदीमा ८ नेपाली कामदार अलपत्र
काठमाडौं, असार २६– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका आठ जना नेपाली अलपत्र परेका छन् । दमामस्थित ल्यालिजमान हुक्का रेष्टुरेन्टमा कामगर्दै आएका उनीहरु विचल्लीमा परेका हुन् ।
विचल्ली पर्नेमा नुवाकोटमा कृष्ण सिग्देल र हरि प्याकुरेल, गोर्खाका एकबहादुर गुरुङ र रामप्रसाद बगाले, मोरङका दिपक मिश्र, झापाका युवराज खड्का, रोल्पाका टेकबशादुर ओली र खेमबहादुर ओली छन् ।
कम्पनीसँग भएको करारअवधी सकिँदा पनि कम्पनीले नेपाल फर्काउन अस्विकार गर्दै काममा आउन दवाव दिएपछि काममा जान छाडेका उनीहरुलाई दुतावासले समेत सहयोग नगरेपछि उनीहरु विचल्लीमा परेका हुन्
करार अविधी सकिएकाले नेपाल पठाइदिन आग्रह गर्दा अझैं १ वर्ष काम गर्नुपर्ने कम्पनीले दवाव दिएको थियो । तर, जसरी पनि घर जाने भन्दै उनीहरु एक साताअघिदेखि काम छाडेर कोठामै बस्दै आएपनि अहिले साथमा भएको केहि रकम समेत सकिएकाले उद्दारको पहिल गरिदिन नेपाल सरकारसँग आग्रह उनीहरुले गरेका छन् ।
पीडितमध्येका एक नुवाकोटका कृष्ण सिग्देलले आफूहरु समस्यामा परेको भन्दै नेपाली दुतावासमा जानकारी गराउँदा पनि दुतावासका अधिकारीले चासो नदिएको गुनासो गरे । ‘हामी समस्यामा परेका छौं भनेर दुतावासमा टेलिफोन गर्दा दुतावासले यहाँ आउनुस् अनि कुरा गरौंला भने,’ ‘सिग्देलले भने,‘तर हामी रहेको स्थानबाट दुतावास धेरै टाढा छ, त्यहाँसम्म पुग्न रकमै छैन ।’
‘हाम्रो करारअवधी सकिइसकेको छ, घर फर्किन कम्पनीसँग कुरा गर्दा अँझैं एक वर्ष काम गर्नुपर्ने भनियो, तर घर फर्कर्ने भन्दै काममा जान छाडेपछि विचल्लीमा परियो– सिग्देलले भने ।उनले पैसा नहुँदा खाना र बस्नमै समस्या रहेको तथा पासपोर्ट पनि कम्पनीकै मालिकसँग रहेकाले अब के गर्ने भन्ने चिन्ताले सताएको निकै भावुक हुँदै बताए ।
विचल्लीमा परेका नेपालीहरु ।
दुई वर्षअघि उनीहरु राजधानीको गोंगबुँस्थित लाइफलाइन म्यानपावरबाट त्यहाँ पुगेका थिए ।कम्पनीमा तोकेअनुसारको सेवा सुविधा नभएपनि आफूहरुले जसोतसो गरेर दुई वर्ष कटाएको भन्दै उनीहरुले अब कुनै पनि हातमा आफूहरु स्वदेश फर्किन चाहेको र त्यसको लागि आफूहरुलाई घर फर्कने वातावरण मिलाईदिन नेपाल सरकारसँग आग्रह गरेका छन् ।
कम्पनीमा अन्य नेपाली कामदारहरु पनि रहको र उनीहरुपनि घर आउन चाहिरहेको पीडितहरुले बताएका छन् । उनीहरुको भनाई अनुसार कम्पनीमा २० नेपालीसहित ५० कामदार रहेपनि नेपालीहरुमात्रै समस्यामा परेका हुन् ।
लाइफलाईन म्यानपावरले चर्को शुल्क असुलेर आफूहरुलाई झुक्याएर त्यहाँ पु¥याएको उनीहरुको गुनासो छ । ८ घण्टा काम , खाना वस्नको सुविधासहित आकर्षक तलवको प्रलोभन देखाउँदै त्यहाँ पठाइएपनि कुनै सुविधान नभएको बरु न्युन सुविधामा १६ घण्टाबढी काम गर्नुपरेको बताए ।
0 comments
Write Down Your Responses