अर्जेन्टिना फाइनलमा

त्यस्तै यसअघि अर्जेन्टिनाले दुईपटक विश्वकपको उपाधि हासिल गरिसकेको छ । सन् १९७८ मा घरेलु
मैदानमै भएको विश्वकपमा पहिलोपटक उपाधि हासिल गरेको थियो भने १९८६ मा भएको विश्वकपमा दोस्रोपटक उपाधि चुमेको थियो ।
खेलको निर्धारित सयम र थप ३० मिनेटको अत्तिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमा पुगेको थियो । जितसँगै अर्जेन्टिनाले फाइनलमा जर्मनीसगँको भेट पक्का गरेको छ । यसअघि जर्मनीले ब्राजिललाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।अर्जेन्टिनाको जितमा गोलकिपर सर्जियो रोमेरोको भूमिका निकै महत्वपूर्ण रह्यो । उनले टाइब्रेकरमा नेदरल्याड्सका रोन भ्लार र बेस्लीको गोल प्रहारलाई रोकेपछि अर्जेन्टिनाको जित सुनिश्चित भएको थियो । अर्जेन्टिनाका जितका लागि कप्तान लियोनल मेसी, म्याक्सी परेरा, अजिकियो ग्राइ र सर्जिओ एग्युरोले गोल गरेका थिए ।निर्धारित समयावधिभर निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्स पूरै हावी भए तापनि खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसपटकको विश्वकपको उपाधि उचाल्ने सपना चकनाचुर हुन पुग्यो ।
पछिल्लो चारपटकको विश्वकपमा तेस्रोपटक सेमिफाइनलमा पुगेको नेदरल्यान्ड्स यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि अभागी साबित भयो । खेलको ७४औँ मिनेटमा गोन्जालो हिग्विनले वान टचमा प्रहार गरेको बल दिशाविहीन बन्न पुग्यो ।
यस्तै खेलको अतिरिक्त समयमा नेदरल्यान्ड्सका आर्जेन रोविनले प्रहार गरेको बललाई अर्जेन्टिनाको किपरले विफल बनाइदिएका थिए । नेदरल्यान्ड्सले यही २८ गते तेस्रो स्थानका लागि ब्राजिलसँग भिड्नेछ । गत संस्करणको विश्वकपमा नेदरल्यान्ड्स उपविजेता बनेको थियो ।
0 comments
Write Down Your Responses