इमेल पासवर्ड चोरेको आरोपमा ट्राभल्स सञ्चालक गौतम पक्राउ

उनले आईएलडी नेपाल ट्राभलको पासवर्ड चोरेर ग्राहकहरुलाई अनधिकृत रुपमा इमेल पठाई आफ्नो कम्पनीको व्यापारमा लाभ पुर्याउने मनसाय राखको सीआईबीले जनाएको छ । गौतम आईएलडीका पूर्व कर्मचारी हुन् ।उनको कम्प्युटर सीपीयू, ल्यापटप समेतका समानहरु बरामद गरी परिक्षण पश्चात् आवश्यक कानुनी कारवाहीको लागी जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहल काठमाण्डौमा पेश गरिएको छ । दोषी ठहरिए ले ३ वर्षसम्म कैद वा २ लाख रूपैयाँसम्म जरीवाना वा दुबै सजाय हुनसक्ने ब्यवस्था छ ।
0 comments
Write Down Your Responses