डोटीको शिवदलगण ‘क’ मा कार्यरत आर्मी जवानद्धारा वालिका बलात्कृत

डोटी २२ असार । डोटी जिल्लाको सदरमुकाम सिलगढीकी १३ वर्षिय १ वालिका बलात्कृत भएकी छन् ।
जिल्ला स्वस्थ्य कार्यालय डोटीमा वालिकाको स्वास्थ्य परिक्षण पछि मेडिकल रिपोट अनुसार वलात्कार भएको प्रमाणित भइसकेको छ ।
वलत्कार गरेको भन्दै शिवदलगण क मा कार्यरत नेपाली सेनाका जवान गणेश विकलाई कार्वाहीको माग गर्दै वालिकाका वुवाले जिल्ला प्रहरी कार्यालय डोटीमा निवेदन दर्ता गराएका छन ।शनिवार राती ११ वजेतिर गण नजिकै रहेको आफ्नै घरको आगनमा वसिरहेको समयमा आगनवाटै जवरजस्ती मुखथुनेर गण भित्रै लगी जवरजस्ती वलत्कार गरेको वालिकालाइ उद्घृत गर्दे निवेदनमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ पिडित वालिका संगै रहेकी अर्की वालिकाले हल्ला खल्ला गरेपछि डिउटिमा अन्य जवानले थाहापाएपछि आफुलाइ छाडेको पिडित वालिकाले वताएकी छन ।
वालिकाको गाला तथा शरिरमा चोट लागेको छ । दोशी आर्मी जवान अहिले शिवदल गणको नियन्त्रमा रहेको जनाएको छ । मेडिकल रिपोर्ट आइसकेकाले अव कार्वाही प्रक्रिया अगाडी वढाउने जिल्ला प्रहरी डोटीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.