बुहारीलाई जिस्काएको निहुँमा झडप हुदाँ ससुराको मृत्यु

उपचारकाक्रममा युनिभर्सल मेडिकल कलेज रुपन्देहीमा उपचार हुँदाहुँदै बिहान ३ बजे गद्दीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा मृतकका दुई छोराहरु गोपी भन्ने नुर माहोम्मद, यार माहोम्मद र उनकी श्रीमती खुतबुन निशा गंभीर घाइते भएका छन् ।
प्रहरी अनुसार छिेमेकी राधेश्यम कुर्मी र रामकिशुन कुर्मीले मृतकी बुहारीलाई जिस्काएका थिए। आफूमाथि गरिएको छेडखानी बारे उनले घरमा बताएपछि दुई परिवारबीच भएको चर्काचर्कीले झडपको रुप लिएको थियो। राधेश्याम र राम किशुनले चिर्पट र लठ्ठीले हिर्काउदा मृतक गद्दी सहीत चार जना गंभीर घाइते भए।
घटना स्थल पुगेका छिमेकीले सम्झाउन खोज्दा राधेश्याम र रामकिशुनले बन्दुक देखाएपछि त्रासले छिमेकीहरु भागेको प्रत्यक्षदर्शीले बताएका छन्। पछि आफुहरु डराएर भागेको छिमेकीहरुले बताए । घटनाको केही बेरमै दुवै आक्रमणकारी भारततर्फ भागेका छन् ।
मेडिकल कलेजमा उपचाररत नुर माहोम्मद बुवाको मृत्युको खबरपछि भागेर घर पुगेका छन्। अर्धचेत रहेका उनको अवस्था गम्भीर छ। घटनाको छानबिनका लागि प्रहरीले अभियुक्तका आमा, श्रीमती र छोरीलाई नियन्त्रणमा लिएको छ। फरार अभियुक्तको खोजी भइरहेको प्रहरी नायब उपरिक्षक दिनेश मैनालीले बताए ।
ईद कै दिन भएको घटना पछि गाँउ नै शोकमग्न भएको छ भने मृतक गद्दीको परिवारमा दुःखको लहर छाएको छ ।
0 comments
Write Down Your Responses