नाङ्गै पारेर श्रीमतीलाई घर निकाला गर्ने श्रीमान पक्राउ

धादिङ, १३ साउन । सदरमुकामस्थित नीलकण्ठ नगरपालिका– ३ की एक महिलालाई गएराति उनका श्रीमानले कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेका छन् ।
उत्तरी धादिङको बसेरी गाविसका पूर्वअध्यक्ष डम्मर ढकालले आफ्नी श्रीमती ४५ वर्षीया राधा ढकाललाई
सदरमुकामस्थित घरमा बसिरहेको बेला कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेको प्रहरीले जानकारी दिएको छ ।
‘पहिला कुटे, त्यसपछि लगाइराखेको लुगा च्याते । घाँटीमा लगाएको तिलहरी र गहना पनि लुछे । घरबाट निकालेर लुगासमेत लगाउन दिएनन्’– पीडित महिलाले रुँदै बताउनुभयो ।
राति नाङ्गै घरबाट निकालेपछि महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालको शरणमा पुगेकी राधाको उजुरीको आधारमा अभियुक्त ढकाललाई प्रहरीले राति नै गिरफ्तार गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताउनुभयो ।
पीडितलाई महिला अधिकारकर्मीले सुरक्षाघरमा राखेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.