दुई घटनामा दुईको मृत्यु
सिरहाको दुई गाविसमा आज भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
नवनिर्मित पक्की घरको छतमा मोटरले पानी हाल्ने क्रममा करेन्ट लागेर इटारी प्रसाही– २ का ४० वर्षीय गालेन्द्र झाको मृत्यु भएको छ । करेन्ट लागेर घाइते झालाई उपचारका लागि जनकपुर लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए ।
यस्तै मिर्चैया नगरपालिका– १ स्थित कमलदहमा पौडी खेल्ने क्रममा स्थानीय ३८ वर्षीय ललितकुमार यादवको मृत्यु भएको छ । मृतक यादवको शव परीक्षणका लागि लहान पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए । रासस
0 comments
Write Down Your Responses