विमान बंगलादेशको विमानको चक्कामा आगो लाग्यो, यात्रु सकुशल

विमानको पछाडिको दायाँ चक्कामा आगो लागेको प्रहरीले जनाएको छ। अग्नी नियन्त्रण टोलीले विमानमा लागेको आगो तत्काल नियन्त्रणमा लिएकाले कुनै क्षति नभएको प्रहरीले जनाएको छ।
विमानमा सवार सबै यात्रु सकुशल छन् ।
ढाकाबाट आएको प्लाटइ नम्बर बी ए ७०१ विमान अवतरण गर्ने क्रममा दिउँसो १ बजेर ५४ मिनेटमा विमानस्थलमा आगलागी भएको हो।
ल्यान्ड गर्ने क्रममा फोर्स बढी भएका कारण विमानबाट धुवाँ आएको अग्नि नियन्त्रकहरुले निभाइहालेका कारण दुर्घटना हुनबाट जोगिएको विमानस्थलका कायमुकायम उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
उनका अनुसार विमानमा रहेका सबै यात्रु सकुशल रहेका छन्। विमानमा कति यात्रु थिए भन्ने बारेमा केही खुल्न सकेको छैन्। श्रेष्ठका अनुसार विमान अहिले ग्राउन्डेड भएको छ। भोलि बंगलादेशबाट प्राविधिकहरु आएर विमान मर्ममत संभार गर्ने उनले बताए ।
जहाज धावनमार्गमा कुदिरहँदा टायरमा आगो देखिएको थियो।
0 comments
Write Down Your Responses