मोटरसाइकलको सिटमुनि लुकाएर राखेको २० किलो सुन बरामद

सेताेपाटी सिन्धुपाल्चोक ,साउन ११
सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौं लैजान  लागिएको २० किलो सुन प्रहरी सहित एक जनालाई
प्रहीले पक्राउ गरेको छ । बा६०प २६२० नम्बर पल्सर मोटरसाइकलको सिटमुनी लुकाएर ल्याउन लागिएको सुन सीमा प्रहरी कार्यलय लार्चाले बरामद गरेको हो। पक्राउ पर्नेमा मोटरसाइकल चालक लिस्ती- ४ का २६ वर्षीय दावा तामाङ रहेका छन् ।
एक एक किलो दरका २० किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ । तातोपानी नाकाबाट सुन बरामद भएको यो पहिलो पटकन भने होइन । चीनको खासाबाट  तातोपानी  नाकाबट  काठमाडौं सुन तस्कर हुने र यहाँबाट भारत लैजाने क्रम बढ्को प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.