१० वर्षीय छात्रलार्इ शिक्षिकाले गराइन् ६ सय पटक उठबस !

१० भदौ, उर्लाबारी । मोरङको राजघाट -९ आम्बारीस्थित नेबुला अंग्रेजी स्कुलकी शिक्षिकाले मासिक परिक्षामा फेल भएको भन्दै ६ सय चोटी उठबस गराउँदा एक बालक ओछ्यान परेका छन् ।परीक्षामा फेल भएपछि शिक्षिका सुमित्रा धिमालले सजाय स्वरुप उठबस गराउँदा राजघाट-१ का १० वर्षीय साहिल लिम्बू ओछ्यान
परेका हुन् ।
कक्षा ४ मा अध्ययनरत साहिललाई गत शुक्रबार  शिक्षिकाले उठबस गराएकी थिइन् । बेलुका सुतेका उनी भोलिपल्ट ओछ्यानबाट उठ्न नसकेपछि अभिभावकले स्थानीय गोदावरी अस्पतालमा उपचार गराएका थिए । उपचारपछि पनि उनी अहिले ओछ्यानबाट उठ्न सकेका छैनन् । ‘मासिक परीक्षामा फेल भएको भन्दै मिसले छ सय चोटी उठबस गराउनुभयो’, साहिलले ओछ्यानबाट भने,’तीन सय ५० पटकसम्म उठबस गरेपछि बसेकोबस्यै भएँ ।’
पढ्न पठाएको छोरालाई शिक्षिकाले याताना दिएपछि अभिभावक आक्रोशित बनेका छन् । अभिभावकहरुले याताना दिने शिक्षिकालाई पनि उठबस गराउनुपर्ने बताए । ‘छोरालाई उठबस गराएपछि उ ओछ्यान परेको छ, पढ्न पठाएको छोरालाई यातना दिने यो कस्तो विद्यालय हो’ साहिलकी आमा लक्ष्मीले भनिन्, ‘उठबस गराएपछि छोरो हिँड्न खोज्दा खुट्टा फर्किने र रिंगटा लाग्ने समस्या छ ।’
साहिललाई उठबस गराएको खुलेपछि सो विद्यालयमा अन्य विद्यार्थीलाई पनि यातना दिने गरेको सार्वजनिक भएको छ । विद्यालयका कम्प्युटर शिक्षकले विद्यार्थी कुट्ने गरेको अभिभावकले बताएका छन् 
सोही विद्यालयमा कक्षा ६ मा पढ्ने शिला लिम्बू, मनिता लिम्बू, साम्यहाङ लिम्बू सहितका विद्यार्थीहरुलाई समेत उठबस गराएर याताना दिएको अभिभावक कृष्ण लिम्बूले बताए ।साहिललाई दिइएको यातनाबारे मंगलबार भएको छलफलमा सहभागी अभिभावकले विद्यालयमा भइरहेको विद्यार्थीमाथिको यातना तत्काल रोक्न माग गरेका छन् ।
छलफलमा विद्यालयकी सञ्चालक मिरा दासले गल्ती स्वीकारी आगामी दिनमा यस्ता कार्य नदोहोरिने जनाउँदै सार्वजनिक माफी मागिन् । विद्यालयका पि्रन्सीपल हिरालाल देवकोटाले बिद्यार्थीलाई यातना दिने शिक्षिकालाई कारवाहीस्वरुप निष्कासन गरेको जानकारी दिइन् ।
विद्यालय व्यवस्थापन समिति, अभिभावक र स्थानीय उपस्थित छलफलमा विद्यार्थीलाई यातना दिने शिक्षिकालाई कारवाही तथा निष्कासन, विरामी साहिलको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने र विद्यार्थीलाई कुटपिट नगर्ने निर्णय गरिएको छ

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.