बलात्कारको बात लागेपछि ७३ वर्षे हजुरबाले विष पिए

काठमाडौं , १० भदौ। नातिनीले बलात्कार गरेको आरोप लगाएपछि काभ्रे जिल्लाका ७३ वर्षीय हजुरबाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।
आफूलाई बाबुले बलात्कार गरेको र हजुरबाले पनि अपराधमा साथ दिएको भन्दै एक युवती प्रहरीसमक्ष पुगेपछि काभ्रेको पनौतीका ७३ वर्षीय बृद्धले मंगलवार विहानै विष पिएर आत्महत्या गरेका हुन् ।
छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोमबारमात्रै काभ्रेको पनौति नगरपालिका वडा नम्बर २ का कार्की थरका एक व्यक्तिलाई पक्राउ गरेको थियो । छोरीको उजुरीका आधारमा पक्राउ गरी अभियुक्तमाथि जिल्ला अदालतबाट म्याद गरेर अनुसन्धान भइरहेका बेला अभियुक्तका बाबुले आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख अरुण बिसीले बताए ।
पीडित १७ वर्षीया युवतीले हजुबाबुलाई सहायक अभियुक्तका रुपमा आरोपित गरेपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारीमा थियो । तर, नातिनीले आफ्नो पनि नाम पोलेको थाहा पाएपछि उनले बिहानै सेल्फस नामक विष सेवन गरेको जानकारी आएको डीएसपी बिसीले बताए ।
बाबुबाट पटक पटक यौन शोषणमा परेकी युवतीले समेत विष सेवन गरेर आत्महत्याको असफल प्रयास गरेकी थिइन् । उनी अहिले रक्षा नेपालको संरक्षणमा छिन् । प्रहरी हिरासतमा रहेका अभियुक्त कार्कीका तीन श्रीमती रहेको र मकाउमा पनि उनले एक युवतीसँग बिहे गरेर फर्किएको स्रोतले जनाएको छ ।
युवतीको उजुरीका आधारमा अभियुक्तमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण रिपोर्ट आउन बाँकी रहेको डीएसपी बिसीले अनलाइनखबरलाई बताए । ‘थप अनुसन्धान र अस्पतालको रिपोर्टपछि मात्रै अरु कुरा भन्न सकिन्छ’ उनले भने-’हजुरबाबुको आत्महत्याको विषयमा पनि छानविन हुन्छ ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.