बसको ठक्करले स्कुटी चालकको मृत्यु

विराटनगर, २९ साउन । मोरङमा आज बिहान यात्रुबाहक बसको ठक्करबाट एक स्कुटी चालकको मृत्यु भएको छ ।सुनसरी जिल्लाको दुहवी–३ बस्ने ३० वर्षीय राजेश गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले
जनाएको छ ।कोसी राजमार्गअन्तर्गत टङ्कीसिनुवारी–४ मा ना३ख २५२९ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आइरहेको को१८प नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते गुप्ताको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.