Society
»
डाक्टरले मटितेल छर्किएर आफ्नै शरीरमा आगो लगाए
डाक्टरले मटितेल छर्किएर आफ्नै शरीरमा आगो लगाए

२ भदौ, काठमाडौं । बौद्ध महांकाल ६ मा रामहिटीमा एक डाक्टरले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् ।केएमसी अस्पताल दुवाकोटमा कार्यरत ३७ वर्षका डा. आमोद ढुंगानाले आत्महत्या गरेका हुन् । आफ्नै घरको व्यायाम कोठामा शरीरमा मटितेल छर्किएर आगो लगाएको खबर आएपछि बौद्धबाट प्रहरी टोली
गएको थियो ।उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
0 comments
Write Down Your Responses