डेरावालको जात सोध्दा घरबेटी प्रहरीको फन्दामा

आफ्नो घरको एउटा कोठा भाडामा दिन राजी भएर एक महिनाको भाडावापत ३ हजार रुपैयाँसमेत लिइसकेका
कृष्ण थापाको परिवारले डेरावाल युवती दलित भएकै कारण ‘हुँदैन’ भनेपछि पीडित युवती कानुनी लडाइँमा उत्रिएकी छन् ।सामान्य महिला थिइन् भने उनी कथित ‘तल्लो जात’को पीडा बोकेर फर्किन्थिन् होला । तर, यो घटनामा पीडित युवती पत्रकार हुन् । पत्रकार पनि सरकारी सञ्चारमाध्यम रेडियो नेपालकी समाचारवाचिका कमला रसाइली ।उनले यो घटना आफूलाई मात्र परेको भनेर सहनुभन्दा बाहिर ल्याएर कारवाही गराउँदा भोलिदेखि अरु घरबेटीहरु छुवाछुतप्रति सचेत होउन् भन्ने सोचेकी छन् । उनले डेरा बस्न नदिने घरबेटीविरुद्ध तीनकुने प्रहरीवृत्तमा मौखिक जाहेरी दिएकी छन्
0 comments
Write Down Your Responses