भारतद्धारा एकतर्फी बाँध निर्माण, नेपालीको विरोध

सप्तरी, भाद्र ३ । सप्तरीको तिलाठी गाविससँगै रहेको दशगजामा भारतले एकतर्फी रुपमा पुनः बाँध निर्माण सुरु गरेको छ । विहार राज्यको कुनौलीतर्फबाट एकलौटी बाँध निर्माण गर्न थालिएपछि नेपालीहरुले चर्को
विरोध गरेका छन् ।अविरल वर्षाको समयमा नेपालतर्फ डुबान बढ्दै गएको बेला दशगजा क्षेत्रमा भारतीयहरुले बाँधलाई झन बढाउन लागेका हुन् । भारतीय बाँधका कारण खाँडो नदीको प्राकृतिक बहाब समेत रोकिएको छ ।भारतले वर्षौअघि बनाएको बाँधका कारण नेपालको तिलाठी लगायतका आधा दर्जन गाविसहरु वर्षायाममा डुबानमा पर्ने गरेका छन् ।दशगजा क्षेत्रमा दुई देशको सहमतिमा मात्रै कुनै पनि निर्माणको काम गर्न पाइने भएपनि भारतले एकतर्फी गरेपछि नेपालीहरु विरोधमा उत्रिएका हुन् ।
0 comments
Write Down Your Responses