प्रहरी जवानलाई श्रीमती मारेको आरोप

सुनसरी । उदयपुरको बेल्टार बसाहा ३ सिरवानी घर भइ जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी जवान मोहन खतिवडाले कर्तव्यगरि आप्mनै श्रीमती नानुका खतिवडाको हत्या गरेको आरोप उनका ससुराली
पक्षले लगाएका छन् ।
३२ वर्षीय नानुकाको गत भदौ १४ गते पन्चमीका दिन विहान ८ वजे उनकै भान्साकोठामा सलको पासो लागेको अवस्थामा लास फेला परेको थियो ।
मृतकका दाजु केदारप्रसाद भट्टराईले इलाका प्रहरी कार्यालय बेल्टारमा दिएको जाहेरीमा श्रीमतीलाई लामो समयदेखी बारम्वार कुटपिट र गाली गलौज गरि शारीरिक तथा मानसिक यातना दिदै आएका प्रज खतिवडाले कुनै संवेदनशिल अंगमा हानेर मारि अपराधबाट जोगिन सलको पासो लगाएर झुण्ड्याएको दावी गरेका छन् ।
पाँचफिट भन्दा कम उचाइकी नानुका सातफिट अग्लो घरको वलोमा झुयिडएको अवस्थामा लास भेटिएको, लासको नजीक कुनै टुल वा मुडा नभएको कारणले त्यति अग्लोमा उनले झुण्डिन सक्ने अवस्था नै नभएकाले पनि यो आत्महत्या हैन भन्ने उनको दावी छ ।
आप्mनी बहिनीलाई तीज मनाउन बोलाउँदा माइत आउन नदिएर चाड पर्वको समयमा समेत खान लाउन नदिइ मादक पदार्थ सेवन गरि बारम्वार कुटपिट गर्दै आएका खतिवडाले तिजको भोलीपल्ट रातभरी नै कुटपिट गरेको र तँलाइ नमारी छोड्दिन, आगो लगाएर भएपनि मार्छु भनेको छिमेकीहरुले समेत सुनेकाले बहिनीको आत्महत्या नभइ हत्या नै भएको केदारले बताए ।
केदारका अनुसार प्रज खतिवडाले सात वर्षकी छोरी र तीन वर्षको छोरा भएकी श्रीमती नानुकालाई दुइ वर्ष अघि पनि निकै घर खर्च नदिइ शारिरीक र मानसिक यातना दिएका थिए । अर्की महिलासँग लागेका खतिवडाले त्यसवेला ती महिलाले नै छोडेपछि आइन्दा श्रीमतीसँग झगडा नगर्ने वाचा गरेका थिए । केही महिनादेखी पुन श्रीमतीलाई यातना दिन थालेकाले उनले अर्की विहे गर्नकै लागि श्रीमतीको हत्या गरेको हुनसक्ने आशंका रहेको केदारको भनाइ छ ।
केदारले इलाका प्रहरी कार्यालय बेल्टारमा दिएको जाहेरीमा श्रीमतीकोे हत्यामा मोहनलाई उनका बुवा भगवतीप्रसाद खतिवडा र कान्छो भाइ सुशनको समेत सहयोग रहेको आरोप लगाएका छन् । उनका अनुसार नानुकाको हत्या गर्नु अघि उनकी सात वर्षकी छोरीलाई समेत मोहनले आफन्तको घर पठाएका थिए ।
घटनाका सम्वन्धमा जानकारी लिन मृतका पति मोहनलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् भने उनका भाइ इलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत उनका भाइ प्रहरी जवान सुमन खतिवडाले घटनाको अघिल्लो दिन साउन महिनाको तलवको विषयमा दाजु भाउजु वीच झगडा भएको भन्ने सम्म आँफुले बुझेको र अन्य कुरा थाहा नभएको बताए ।
news abhiyan bata

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.