मलेसियामा दुई नेपाली लुटिए
३० मंसिर, क्वालालम्पुर । महिनाभरि रगत-पसिना बगाएर कमाएको तलव नेपाल पठाउन लागेकै दिन लुटेराहरुले लुटिदिन्छन भने कस्तो हुन्छ होला ? त्यस्तै पिडा भोग्नु पर्यो मलेसियामा दुई युवकले । मलेसियाको राजधानी क्वालालम्पुरमा शनिवार दिउँसो खोटाङका जीवन भण्डारी र मोरङका सरोज खतिवडा लुटिए । क्वालालम्पुरको मुख्य वसपार्कवाट नेपाली बजार कोताराया आउँदै गर्दा ट्याक्सिभित्रै उनीहरु लुटिएका हुन् ।
‘वसपार्कमा हामी वसिरहेका थियौं । अचानक एक युवक आयो र कहाँ जाने भनेर सोध्यो हामीले कोताराया भन्यौ अनि म ट्याक्सि वोलाईदिन्छु भन्यौ र ट्याक्सि वोलायो अनि आफु पनि त्यहि ट्याक्सि भित्र वस्यो । विच वाटोमा पुगेपछि हामीसंग भएको सवै लुट्यो ।’- जीवन भण्डारीले अनलाइनखबरसँग भने । पैसा लुटेपछि लुटेराले बिच बाटोमा छाडेको र अर्को बिदेशीको सहयोगमा कोताराय आईपुगेको उनीहरुले बताएका छन् । लुटेराले आफुहरुसंग भएको करिव एक लाख नेपाली रुपैयाँ लुटेको वताए ।
एक वर्ष अगाडि जोहोरको श्री आलममा रहेको ड्रागन कम्पनीमा कार्यरत सवैको जनाको पासपोर्ट कम्पनीवाटै चोरेर लगेपछि उनीहरु अवैधानिक जस्तै भएका थिए । कम्पनीको पहलमा आधाभन्दा धेरैले मलेसियावाट पासपोर्ट वनाईसकेको भएपनि उनीहरुको पासपोर्ट बन्न सकेको छैन् । पासपोर्टको अबस्थाबारे बुझ्न दूतावास जाने र कमाएको पैसा नेपाल पठाउने योजनासाथ उनीहरु क्वालालम्पुर आएका थिए ।
0 comments
Write Down Your Responses