सहमतिको सरकारमा राजेश हमाल पनि मन्त्री बन्न तयार

३० मंसिर, काठमाण्डौ । यतिबेला राजनीतिको केन्द्रमा छ- चुनावका लागि सहमतीय सरकार । यस्तो सरकार बने मन्त्री पद पाइएला कि नपाइएला भनेर सत्ताधारीदेखि बिपक्षी दलका नेताहरुसम्मले हिसाव-किताव गरिरहेका बेला नेपाली सिनेमाका नायक राजेश हमालले मन्त्री बन्न तयार रहेको घोषणा गरेका छन् ।

बलिउडका थुप्रै चर्चित कलाकारहरु राजनीतिमा सहभागी भइरहे पनि नेपालमा त्यस्तो अबस्था निकै दुर्लभ छ । कलाकारले नेताका हातबाट टीका र अबिर ग्रहण गरेर पार्टी प्रवेश गर्नेबाहेक नेता बन्ने प्रयास गरेका छैनन् । तर, नायक हमालले भने राजनीतिमा आउने मात्र हैन, चुनाव अगाडी नै सहमतिको सरकार बने मन्त्रीसमेत बन्ने इच्छा व्यक्त गरेका छन् ।

‘विश्वका कुनै पनि देशका चर्चित कलाकारहरुले राजनीतिलाई रोजेका छैनन् ।’ शनिवार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा संचारकर्मीसँग हमालले भने-’तर सबै क्षेत्रको सहभागीतामा मन्त्रीमण्डल बिस्तार भएको खण्डमा म मन्त्री हुन तयार छु ।’

२२ बर्ष अभियनमा बिताएका हमाललाई यतिबेला राजनीतिमा आउने रहर जाग्नु अस्वभाविक भने हैन् । उमेरका कारण ‘हिरोइजम’ गुमाउनुपर्ने अबस्थामा सायद हमालले राजनीतिलाई रोज्ने तरखर गरेका हुनसक्छन् । उनका लागि राजनीतिसँगको संगत त्यति नौलो भने हैन् । उनका पिता चूडाबहादुर हमाल लामो समयसम्म कुटनीतिक क्षेत्रमा काम गरेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.