बिचित्र संसार
»
डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने प्रचार गर्ने सयजना पक्राउ
डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने प्रचार गर्ने सयजना पक्राउ

पुस ३, डिसेम्बर २१ मा पृथ्वीमा महाप्रलय आउने र विश्व ध्वस्त हुने हल्ला चलिरहेका बेला चिनमा यस्तो प्रचार गर्नेहरू पक्राउ परेका छन् । चिनियाँ प्रहरीले सयभन्दा बढीलाइ पक्राउ गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
विश्व ध्वस्त हुन्छ है भन्दै सचेतनाका नाममा पर्चा पम्पलेट बाँड्ने, भिडियो डिस्क, किताव र अन्य प्रसार सामाग्रीहरु बाँड्नेहरू पक्राउ परेका हुन् । ति मध्ये धेरै क्रिश्चियन धर्म प्रचारकहरु छन् ।
पछिल्ला दिनहरूमा मायान सभ्यता र त्यहाँको क्यालेण्डरले गरेको भविष्यबाणीको विषयलाइ लिएर विश्वभर २१ डिसेम्बरमा धर्तीमा महाप्रलय आउने चर्चाले महत्व पाएको छ । तर नासा लगायत वैज्ञानीक सम्बद्ध निकाय र खगोलशास्त्रीहरूले पृथ्वीमा कुनै प्रलय नहुने स्पष्ट पारेका छन् ।
श्रोत: दैनिकपत्रिका
0 comments
Write Down Your Responses