छिटै निकास निस्कन्छः माओवादि नेता शर्मा

मलेसिया, पुस १। नेकपा माओवादिका पोलिटव्युरो सदस्य जनार्दन शर्मा प्रभावकरले नयाँ निवार्चनको लागि राजनैतिक सहमति हुन नदिन देशि विदेशि केहि शक्तिहरु लागि परिरहेको बताएका छन् । प्रगतिशिल प्रवासि श्रमिक मन्च मलेसियाको पाचौ सम्मेलनको मलेसियाको राजधानी क्वालालम्पुरमा उदघाटन गर्दै पुर्व शान्ति मन्त्रि समेत रहेका शर्माले भने ति विदेशि शक्तिहरु परिवर्तनलाई संस्थागत गर्न नदिईरहकै अवस्थामा पनि नेपालका राजनितिक पार्टिहरुको विचमा एकता भएको र छिटटै नै निकास निस्कने र मुर्तरुप लिने बताए ।

नेपालको जनयुद्धले जनताको स्तर उठाएको बताउदै शर्माले पहिचान सहितको संघियता र संघियता सहितको संविधानलाई नेकपा माओवादिले कहिल्यै नछाड्ने बताए । उनको तर्क थियो यहि नारा हामिले उठाउदा माओवादिले जातिहरु भडकायौ भनेर भन्ने गरियो तर ति सवै वाईघात तर्क थियो हामित सवैलाई अधिकार सम्पन्न वनाउन चाहन्छौ ।


कार्यक्रममा माऔवादीका विदेश विभाग तथा एसिया प्रशान्त क्षेत्रिय प्रमुख युवराज चौलागाईले मलेसिया स्वतन्त्र हुन नेपालीहरुले रगत वगाएको र अहिले मलेसिया वनाउनको लागि नेपाली श्रमिकहरुले पसिना वगाईरहेकामा अव नेपालमै स्वरोजगारको सृजना गर्नको लागि राजनितिकदल कटिवद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले नेताहरु प्रति इंगित गर्दै भने नेता हुने भनेको हाकिम हुने होइन।


कार्यक्रममा अखिल नैपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष वावुराम गौतम,नेपाली दुतावासका कार्यवाहक राजदुत लैखनाथ भटटराई, गैर आवासिय नेपाली संघका अध्यक्ष शंकर वहादुर पौडेल, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय कोषाध्यक्ष खिलराज भण्डारी,तानागानिताका प्रमुख डा.आईरन फर्नाडैज,वार काउन्सिल मलेसियाका दातो रामचरन, नेपाली व्यापारी समाज मलेसियाका अध्यक्ष राजेश श्रेष्ठ,नेपाल एयरलायन्स मलेसियाका प्रमुख रशु कार्कि,नैपाली मुलका मलेसियन पदमवावा, सम्मेलन आयोजक समितिका सक्रेटरी मानसि गोयला,सहसक्रटरी प्रेम पाण्डे,भेला आयोजक समितिका संयोजक इश्वरी ढकाल,लगायतकाले कार्यकममा आआफना विचार राखेका थिए । सम्मेलनमा करीव एक हजार भन्दा वढि नेपाली श्रमिकहरुको सहभागिता रहेको थियो। सम्मेलनले मानसि गोयलाको अध्यक्षतामा ३५ सदस्यिय प्रगतिशिल प्रवासि श्रमिक मन्चको गठन गरेको छ। समितीको उपाध्यक्षद्धयमा कोपिला गौतम र इश्वरी ढकाल, महासचिवमा प्रेम पाण्डे, कोषाध्यक्षमा माधव सिग्देल राज रहेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.