विमानस्थलको सुरक्षा भारतलाई दिने निर्णय मैले गरेको छैनः पूर्वमन्त्री रावल
काठमाडौँ, मंसिर ३० । नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री भीम रावलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत नेपालका सबै अध्यागमन कार्यालयको सुरक्षाका लागि भारतीय पक्षलाई जिम्मेवारी दिने निर्णय आफूले नगरेको स्पष्ट पारेका छन् । उनले भारतीय पक्षलाई विमानस्थलको व्यवस्थापन गर्ने जिम्मेवारी दिनुनहुने समेत बताएका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गरी पूर्वमन्त्री रावलले आफू पदमा भएका बेला भएको भारत भ्रमणका क्रममा भारतीय पक्षले नेपालको त्रिभुवन विमानस्थल असुरक्षित रहेकाले ‘एयर मार्सल’ राख्न प्रस्ताव गर्दा आफूले भारतले भनेजस्तो असुरक्षा नभए पनि यसमा आवश्यक सुधारका लागि उपकरण र प्रविधि दिएर सहयोग गर्नुस् भनेको स्मरण गराए ।
सरकारले त्यस प्रकारको जिम्मेवारी भारतीय पक्षलाई दिने तयारी गरेको र सोका लागि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका पालामा प्रक्रिया अघि बढेको भन्ने समाचार प्रकाशित भएकामा नेता रावलले आपत्ति जनाए ।
सो आग्रहका आधारमा दुवै देशको संयुक्त टोलीले विमानस्थलको आवश्यकताको अध्ययन तथा मूल्याङ्कनसम्बन्धी प्रतिवेदन तयार भएपछि उपकरण माग्न स्वीकृति दिइएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सबै अध्यागमन कार्यालयहरूको व्यवस्थापन भारतलाई दिने कुरा त्यसबेला नभएको स्पष्ट गरेका छन् ।
आफूले विमानस्थललाई आधुनिक र स्रोतसाधन सम्पन्न बनाउन भारतसँग सहयोग लिन खोजेको विषयलाई वर्तमान सरकारले स्वार्थका लागि राष्ट्रिय स्वाधीनतालाई समेत बेवास्ता गरेकामा उनले चिन्ता समेत व्यक्त गरेका छन् ।
imagechanel

0 comments
Write Down Your Responses