माओवादीसंग निहुँ खोजेर मुलुकले निकास पाउँदैनः सुजता

बुटवल,मंसिर ३० । नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले एकीकृत नेकपा माओवादी संग निहुँ खोजेर मुलुकले निकास नपाउने बताउनुभएको छ । बुटवलमा शनिबार भएको कार्यक्रममा उहाँले माओवादी संगको सहकार्यमा निकास निकाल्नुको विकल्प नभएको बताउनुभयो ।


माओवादीलाई वेवास्था गरेर अगाडि बढ्न सकिने अवस्था नरहेको भन्दै उहाँले आन्दोलनबाट वर्तमान सरकारलाई विस्थापन गर्ने पार्टिको निर्णय प्रति असहमति जनाउनुभयो । लोकतन्त्रको पुर्नवाहली भैसकेको र गणतन्त्र आइसकेकाले अव आन्दोलनको सम्भावना नरहेको भन्दै उहाँले काँग्रेसले छलफलको विकल्प खुल्ला राखेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.