राष्ट्रिय क्रिकेट प्रतिस्पर्धामा जनकपुर, नेपालगञ्ज, पोखरा र भैरहवा भिड्दै
२९ मंसिर, काठमाण्डौ । राजानिमा जारी एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज क्षेत्र नंबर ७ जनकपुरधाम र क्षेत्र नंबर ५ नेपालगञ्ज तथा क्षेत्र नम्बर ८ पोखरा र क्षेत्र नम्बर ४ भैरहवाबीच प्रतिस्पर्धा हुदैछ । जनकपुर र नेपालगञ्ज त्रिवि मैदान कितिर्पुरमा तथा पोखरा र भैरहवा पुल्चोक क्याम्पसको मैदानमा खेल्नेछन् ।
समूह बी मा रहेको जनकपुरले एक खेल जितेको छ भने नेपालगञ्जले एक खेल हारेको छ । समूह ए मा रहेको पोखराले दुई खेल जितेको छ भने भैरहवाले चालु प्रतियोगितामा शुक्रबार पहिलो खेल खेल्दैछ ।
0 comments
Write Down Your Responses