एनआरएनको दोश्रो राष्ट्रिय भेला दोहामा
होम कार्की-
२९ मंसिर, कतार । गैरआबासीय नेपाली संघ कतारको दोश्रो राष्ट्रिय भेला शुक्रबार दोहामा हुँदैछ । यो भेला यसअघि पार्षदको सख्याको बहुल्यता नहुँदा स्थगित भएको थियो ।
२९ मंसिर, कतार । गैरआबासीय नेपाली संघ कतारको दोश्रो राष्ट्रिय भेला शुक्रबार दोहामा हुँदैछ । यो भेला यसअघि पार्षदको सख्याको बहुल्यता नहुँदा स्थगित भएको थियो ।
एनआरएनको नियम अनुसार यस्ता भेला प्रत्येक ६/६ महिनामा हुनुपर्छ । एनआरएन कतारमा १२ सय ९६ जना पार्षद छन् । यसको ५१ प्रतिशत पार्षद सहभागी भएमा मात्रै परिषद भेलाले मान्यता पाउने नियम छ । गत सेटेम्बरको दोश्रो साता हुनुपर्ने यो भेला सदस्यहरु घर बिदामा स्वदेश गएकोले हुन सकेको थिएन ।
अध्यक्ष गुरुङले यसपालीको भेलालाई सफल बनाउन सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएका छन् । यो भेलालाई सफल बनाउन चुनौती रहेकोले गत शुक्रबार एनआरएन कतारको केन्द्रीय समितिको आटौ बैठक् बसेको थियो । 'दोस्रो राष्ट्रिय परिषद् भेलालाई सफलरुपमा सम्पन्न गर्नको लागि आयश्यक तयारीको जानकारी आदान प्रदान गर्दै चुस्त रुपमा संपूर्ण तयारी गर्दे आगाडी वढ्ने निर्णय गरेको छ', बैट्कले भनेको छ ।
बैठ्कले भेलामा प्रस्तुत गरिने कार्य प्रगति प्रतिवेदन एवं आर्थिक प्रतिवेदनलाई आवश्यक परिमार्जन सहित अनुमोदन गरेको छ । 'हामीले कार्यसम्पादन गरेको जानकारी दिनको लागि यो भेला निकै महत्वपुर्ण छ', अध्यक्ष गुरुङले कान्तिपुरलाई भने,'यसमा सदस्यहरुलाई हाम्रो कार्यसम्पादनमा चित्ता नबुझेको खण्डमा प्रश्न गर्न र थप जिम्मेवारी दिन सक्नेछ ।'
पार्षदहरुका अनुसार भेलालाई सफल बनाउन यसपटक पनि कार्यसमितिको लागि निकै चुनौती रहेको बताएका छन् । भेलालाई लक्षित गरी गत शुक्रबार अध्यक्ष गुरुङको अध्यक्षतामा बसेको बैठ्कले ५ वटा सचिवालय वैठकले गरेका निर्णयलाई सर्वसम्मत अनुमोदन गरेको छ ।
काठमाडौंमा बैदेशीक रोजगारको चुनौती र अबसर सम्बनधी आयोजित कार्यशालामा अध्यक्षले प्रस्तुत गरेको कार्यपत्र, ५ औं विश्व सम्मेलनको घोषणा पत्र अनुसार कतारले ५ विकास क्षेत्रमा हालैमात्र सम्पन्न गराएका कल्याणकारी योजनालाई पारित गरेको छ । उसले दोहामा क्रियाशील सामाजीक संस्थाहरुको छलफललाई 'नौलो, ऐतिहासिक एवं अत्यन्तै उपलव्धिमूलक' भएको ठहर गर्दै उक्त कार्यक्रम सफलता पूर्वक संपन्न गर्न प्रतिनिधित्व गर्नुहुने ४१ वटा स्थानीय समाजिक संघ संस्था प्रति धन्यवाद दिएको दिएको छ ।
बैठ्कले आफ्नो कतार बसाईलाई पुरा गरेर नेपाल फर्कनु भएका कार्यसमिति सदस्य डम्वर अर्जुन रसाईलीको स्थानमा पार्षद् गोप सुनारलाई मनोनयन गरेको छ । बैठ्कले वाषिर्क मुख पत्र 'दोहा दर्पण'को निरन्तरता दिन साहित्य तथा प्रकाशन उप समिति संयोजक गणेश प्रसाद बञ्जाडेलाई जिम्मेवारी दिएको छ । कतारमा स्थापित सामाजिक संघ संस्थाहरुको सामूहिक प्रतिवद्धता अनुरुप घोषणा भएको ९ वुदे साझा प्रतिवद्धतालाई अनुसरण गर्दे मोरड. सुनसरी सेवा समाजले आफ्नो कार्यसमिति परिवर्तन भएको जानकारी संघलाई लिखित रुपमा औपचारिक जानकारी गराएकोमा धन्यवाद एवं नव गठित कार्यसमितिलाई वधाई ज्ञापन गरेको छ ।
बैठ्कले नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा निष्ठावान व्यक्तित्व एवं नेपाली काँग्रेसका नेता स्वर्गिय भिम बहादुर तामाडको दुखद निधन प्रति गहिरो दुख व्यक्त गर्दे दिवगंत आत्माको चीर शान्तिको कामना सहित शोक प्रस्ताप पारित गरेको छ ।
-ekantipur
0 comments
Write Down Your Responses