ब्लड क्यान्सरबाट नेपाली चेलीको कुवेतमा निधन

नवराज पन्थी-
 २९ मंसिर, कुवेत सिटी । ब्लड क्यान्सरबाट थलिएर कुबेतको अस्पताल शैयामा छटपटाई रहेकी सविता आले मगरको निधन भएको छ । कुवेतस्थित शैखा बद्रिया अलसवा अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेकी सविताको बिहीवार साँझ निधन भएको हो । दैनिक १५ पोका रगतको आवश्यकता पर्ने अस्पतालले जानकारी गराएपछि केहि दिन पहिला मात्र सविताको जीवनरक्षाको लागि रक्तदान गर्न नेपाली समाजलाई नेपाली दूतावास कुबेतले अनुरोध गरेको थियो ।



सविताको ब्लड क्यान्सरको बिमारीले अस्पतालमा जीवन र मरणको दोसाधमा लडिरहेको खबर सार्बजनिक भएपछि कुबेतका नेपालीहरु रक्तदान गरि सवितालाई बचाउन कस्सिएका थिए। बिहिबार मात्र दर्जन भन्दा बढीले रक्तदान गरिसकेका थिए भने शुक्रबार प्राय सबैजसो कम्पनीमा बिदा हुने हुँदा बिदाको दिन पारेर ठुलो सँख्यामा नेपालीहरु रक्तदान गर्नको लागि ब्लड बैंकमा जाने तयारीमा थिए ।
नेपालको ताप्लेजुङ जिल्ला चागे-१, का बखत बहादुर आले मगरकी छोरी सविता माया आले मगर बैदेशिक रोजगारीको शिलसिलामा दुई बर्ष पहिला घरेलु कामदारको रुपमा कुबेत पुगेकी थिइन। सवितालाई दुई महिना पहिले उनको मालिकले अस्पताल भर्ना गरेको कुरा थाहा भएको छ । कुबेतको नेपाली समाजले बेलैमा खबर पाएको भए सवितालाई बचाउन सक्थे होला तर आखिरी अबस्थामा थाहा पाए पनि तम्सिएका कुवेतबासी नेपालीहरु सविताको निधनले मर्माहत भएका छन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.