मेचीदेखि महाकालीसम्म हाम्रै लहर देखियो : प्रचण्ड

१२ माघ, काठमाण्डौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीप्रति जनताको लहर देखेर विपक्षी काँग्रेस-एमाले लगायतका दलहरु तर्सिएको वताउनु भएको छ । मेचीदेखि महाकालीसम्म एकीकृत माओवादीप्रति रहेको जनताको लहर देखेर विपक्ष दलहरू आतंकित भएको प्रचण्डको भनार्इ छ ।

शुक्रवार विहान एकीकृत माओवादीको काठमाण्डौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले भन्नुभयो,’मेचीदेखि महाकालीसम्म सवैभन्दा वढि लहर माओवादीकै छ । त्यो लहर देखेर विपक्षीहरु आतंकित भएर चुनावमा जान डराएका छन् । त्यसैले उनीहरु सहमति भन्दा पनि मुडभेड गर्न तम्सिएका छन् ।’ प्रचण्डले वुधवार दैलेखमा एमाओवादी कार्यक्रममाथि डुंगामुडा गरेर आफूहरुलाई लोकतन्त्रवादी भन्ने काँग्रेस-एमालेले लोकतन्त्रवादी चरित्र प्रष्ट पारेको वताउनुभयो ।

विपक्षी दल काँग्रेस-एमाले एमाओवादीको लहर देखेर तर्सिदै चुनावमा नजाने षड्यन्त्रमा लागेको प्रचण्डको भनाई छ । उहाँले सहमतिका लागि आफूहरु सरकार छोड्न तयार रहेको समेत वताउनुभयो । उहाँले भन्नुभयो,’जेठ १५ भित्र निर्वाचन हुने सुनिश्चित भए हामी सरकारमा एक मिनेट पनि बस्दैनौँ । त्यसैले पहिलो विपक्षी दलहरुले चुनाव हुने वातावरण त बनाइदिनु पर्‍यो नी ?’ प्रचण्डले विपक्षी दलकै कारण जेठमा पनि चुनाव हुन नसके के गर्नु पर्छ त्यो जनता आफैले गर्ने वताउनुभयो ।

यस्तै कार्यक्रममा एमाओवादीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार प्रतिक्रान्तिको घेराबन्दी तोड्न सफल भएको बताउनु भयो ।  दैलेख घटना तर्फ संकेत गर्दै प्रधानमन्त्रीले प्रतिपक्षी दलहरुले माओवादीको कार्यक्रम बिथोल्न खोजेको भन्दै सरकारले प्रतिपक्षीलाई घुँडा टेकाउन सफल भएको दाबी पनि गर्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.