कोइरालाले भने, ‘प्रचण्ड र बाबुरामजी धरातल नबिर्सिनुस्’

१२ माघ, स्याङ्जा । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष डा बाबुराम भट्टराईलाई आफ्नो धरातल नविर्सन आग्रह गर्नु भएको छ । कोइरालाले तत्कालीन नेकपा माओवादीलाई जंगलवाट शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय गिरिजा प्रसाद कोइरालाले खेलेको भुमिका नविर्सन समेत आग्रह गर्नु भयो ।

नेपाली काँग्रेस स्याङ्जाले शुक्रवार वालिङमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दैकोइरालाले भन्नुभयो,’ प्रचण्ड र बाबुरामजी आफ्नो धरातल नबिर्सनुहोस् ।’ उहाँले एमाओवादी शान्ति र लोकतान्त्रिक प्रक्रियालाई भाँड्ने षडयन्त्रमा लागेको आरोप लगाउनु भयो । कोइरालाले लोकतन्त्रको खिलाफमा जानेहरु आफै पतन भएर जाने दाबी समेत गर्नु भयो । कोइरालाले भन्नुभयो-’प्रजातन्त्रका विरोधी भएर देखिएको राणाशासन, पञ्चायती शासन र ज्ञानेन्द्र जसरी पतन भए, लोकतन्त्रको विरोधमा देखिएको माओवादीको पनि हालत त्यस्तै हुनेछ ।’

कोइरालाले आफूहरुले सरकारविरुद्ध सुरु गरेको आन्दोलनले सरकारको घुँडा टेकाइ छाड्ने दाबी गर्नुभयो । प्रजातन्त्रवादीको नेतृत्वमा भएको आन्दोलनले ठूलाठूला शासकको पतन भएको स्मरण गर्दै उहाँले आफूहरुले सुरु गरेको आन्दोलनलाई सामान्य नठान्न पनि माओवादीलाई आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.