प्रधानमन्त्रीको प्रस्ताव-स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार
काठमाडौं, पुस १८/प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकार बनाउन सकिने प्रस्ताव अघि सारेका छन् । एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटन उनको निवास कोटेश्वर पुगेका प्रधानमन्त्रीले यस्तो प्रस्ताव राखेका हुन् ।
प्रधानमन्त्री भट्टराईले सत्तापक्ष र प्रतिपक्षबीच एकले अर्कोको नेतृत्व स्वीकार नगर्ने अवस्था देखिएपछि स्वतन्त्र व्यक्तिको नेतृत्वलाई स्वीकारेर निकास दिनुपर्ने प्रस्ताव राखेको हुन् । संविधानसभाको चुनाव मुख्य सवाल भएकोले यसमा सबैले सहमति गर्नुपर्ने प्रधानमन्त्रीको तर्क छ । उनले यो विषयलाई गम्भीरतापूर्वक छलफल अघि बढाउन पनि नेता नेपाललाई आग्रह गरेका छन् ।
नेता नेपालले भने आफ्नो पार्टीमा छलफल गरेपछि मात्रै यो विषयमा अन्तिम निर्णयमा पुग्न सकिने बताए । सत्ताको नेतृत्व गरिरहेको एउटै दलका अध्यक्ष र उपाध्यक्षको फरक फरक धारणा आएकोले आफूहरू अलमलमा परेको पनि नेता नेपालले बताए ।
यसैबीच तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि सहमतीय सरकार गठन र राजनीतिक निकासका सम्बन्धमा वरिष्ठ नेता नेपालसँग उनको निवास कोटेश्वर छलफल गरेका छन् ।

0 comments
Write Down Your Responses