बिदेश पलायन युवाशक्ति

 बिपिन-
देशको कर्मठ युवाशक्ति बिदेश पलायन हुनु जुनसुकै देश वा राष्ट्रलाई हरेक किसिमबाट घाटा व्यहोर्नु हो l नेपाली युवाशक्ति विदेश पलायनबाट देशले व्यहोर्नु पर्ने हरेक घाटा यहाँ लेख्ने हो भने लेखी नसक्नु हुन्छ l ती पलायन हुने युवाहरुमा उच्च शिक्षा, रोजगारीको रुपमा हुन् l संख्यात्मक रुपमा पलायन भएका युवायुवतीहरु खाडी मुलुकहरुमा छन भने थोरै भन्दा थोरै युरोप र अमेरीकामा छन् l

सरकारको तथ्याङ्गमा झन्डै ३० लाख युवाशक्ति बिदेशिएका छन् l यी ३० लाख युवाशक्तिको रेमिट्यान्समा रमाउने नेपाली राजनैतिक नेताहरु / सरकारले स्वदेशकै रोजगारीका लागि अवसर प्रढान अवका दिनमा नगर्ने हो भने अवको १० वर्ष पछि देशको अवस्था झन् विकरल बन्दै जानेछ l युवाशक्तिको पलायन देशका लागि घाटा मात्र नभई मानवीय हिसावले पनि रोजगारीमा जादा अधिकारलाई बन्चित बनाएको छ l यी दुवै कुरालाई हामीले मध्यनजर गरेर विश्लेषण गर्ने हो भने सरकार र नेताहरु युवाशक्तिको नजरमा गिरिसकेका छन् l

नेपाली राज्य श्रम जनशक्ति उत्पादन गर्ने भट्टी केन्द्र बनिसकेका छन् l आजको यो युगमा नेपाली युवाशक्तिलाई विदेश पलायन गराएर देशको विकास गर्छु भन्ने नेताहरुको दिमागको विर्गो कैहिले खोल्ने होला ? सरकार र राजनैतिक दल बीच यी गहन विषयमा छलफल / बहस हुन जरुरी छ l

साथै, राज्यको तर्फबाट वैकल्पिक रोजगारी योजना बनाउनु आजको आवश्यकता बनेको छ l होइन भने नेपाली भएर जन्माउनु धिकार हुनेछ l युवाशक्ति विदेश पलायन हुनुको मुख्य कारण भनेको राजनैतिक अस्थिर, बढ्दो वेरोजगार आर्थिक मन्दी जस्ता कुरा हुन् l यी कुराहरुलाई ध्यानमा राखेर समाधानका लागि राज्यबाट चाँडो भन्दा चाडो वैकल्पिक बाटो रोज्नु र खोज्नु आजको आवश्यकता छ l

0 comments

Write Down Your Responses

Powered by Blogger.