जनसंघर्ष थाल्नुपर्नेमा नेकपा–माओवादीको जोड

काठमाडौं, माघ ११–नेकपा–माओवादीको केन्द्रीय समिति बैठकमा बिहीबार अध्यक्ष मोहन वैद्यले बैठकमा सदस्यहरुले उठाएको प्रश्नमाथि जवाफ दिदै छन् । पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा जारी बैठकमा अध्यक्ष वैद्यले जिज्ञासाको जवाफसहित आगामी योजनाबारे संश्लेशित धारणा राख्ने सचिव देव गुरुङ्गले जानकारी दिए ।

बुधबार बसेको पदाधिकारी बैठकले अध्यक्ष वैद्यले बैठकमा दिने जवाफको गृहकार्य गरेको थियो । हालसम्म धारणा राख्ने पोलिटव्युरो र केन्द्रीय सदस्यहरुले राष्ट्रियता र जनजिविकाका मुद्दालाई प्राथमिकतामा राखेर जनसंघर्ष थाल्नुपर्नेमा जोड दिएका थिए । हालै सम्पन्न महाधिवेशनपछि पार्टीको आगामी योजना र नेताहरुको कार्य विभाजन गर्न गत आइतबारदेखि केन्द्रीय समिति बैठक शुरु भएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.