अष्ट्रेलियामा छन्त्यालहरुको महान पर्व छारम्हेङ (नयाँ बर्ष) भव्यताका साथ सम्पन्न (फोटो फिचर सहित)

१५ फागुन, अष्ट्रेलिया l नेपाली संस्कृति संरचनालाई हेर्ने हो भने नेपाली समाज आफैमा प्राचिनकाल देखि विभिन्न बहुभाषिक  संस्कार प्रचलन रहीआएको देश भन्दा फरक नपर्ला l सयौं आदिवासीहरुको नाम उल्लेख रहेका हाम्रो देश नेपालमा आदिवासी जनजातिहरुका बास्तविक संस्कृति पहिचान राज्यले  प्रस्फुतन गराउन नदिदा बहुसँस्कृतिक पहिचान हामी जस्ता आदिवासी जनजातिहरु सिमित ठाउमा आफ्नो कला, संस्कृतिलाई  हेर्न पाउछन् l हामी जन्मिदै धर्म, संस्कार बहुपहिचान बोकेर आएका समाज, जाति हामी बिचमा गुम्सिएर बसेका  मूल्यवान संस्कृतिक पहिचानलाई मन खोलेर देखाउन पाइरहेको अवस्थामा जातिको उत्थान, सम्वर्द्दन गराउन जागरुक छन्त्यालहरुले अष्ट्रेलियामा छारम्हेङ (नयाँ बर्ष) भव्यताका साथ मनाएका छन् l




सेड्नीमा भएको यस छारम्हेङ (नयाँ बर्ष) कार्यक्रमको आयोजक छन्त्याल परिवार अष्टेलियाले गरेका हुन् l  छन्त्याल समाज अष्ट्रेलियाका अध्यक्ष पदम छन्त्यालको सभापतित्वमा भएको उक्त छारम्हेङ (नयाँ बर्ष) कार्यक्रममा विभिन्न संघ-संस्थाका विशिष्ट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l नेपालबाट आमन्त्रित अतिथिहरुमा समाजसेवी लाल छन्त्याल, कुशल व्यवसायि थम छन्त्याल र स्थानिय बुद्दिजीवि, पत्रकार, कलाकारहरुको ठुलो उपस्थिति रहेको थियो l




कार्यक्रमको शुरुवात नेपालबाट आमन्त्रित लाल छन्त्याल ज्यूको दिप प्रज्जलन संग-संगै अन्य अतिथितिहरुले पनि दिप प्रज्जलन गरेका थिए l साथै, उपस्थिति अन्य अतिथितिहरुले छारम्हेङ (नयाँ बर्ष) शुभकामना सहित आ-आफ्नो मन्तव्य राखेका थिए l मन्तव्यकै क्रममा नेपालबाट आमन्त्रित अतिथिति थम छन्त्याल लगायत व्यक्तित्वहरुले आफ्नो जातिय संस्कारलाई जहाँ पुगेपनि आत्मसाथ गर्नु पर्ने कुरामा जोड दिएका थिए l यसक्रममा विभिन्न नेपाली आकर्षक खानेकुराहरुको परिकार समेत कार्यक्रममा राखेका थिए l




कार्यक्रममा चर्चित इन्डियन आइडल प्रशान्त तामाङ, नेपाली साकिराको उपनामले चिनिदै आएकी चर्चित गायिका इन्द्रिरा जोसी लगायत स्थानिय कलाकारहरुको भरपूर्ण बेजोडले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए l र, स्थानिय DJ MAGGS "लालमान छन्त्याल" को सांगीतिक संयोजनले झनै कार्यक्रमलाई छारम्हेङमय बनाएको थियो l



कार्यक्रममा शुरुवाती तिर मौसमले धोका दिएपनि उपस्थिति दर्शकहरुले प्रवासको ठाउँमा छारम्हेङ (नयाँ बर्ष) को  भरपूर्ण मनोरञ्जन लिएका थिए l सम्पूर्ण सहयोगी, दर्शक, प्रायोजक अतिथितिहरुलाई आउदो दिनहरुमा पनि यस्तै सहयोगको आपक्षे सहित धन्यबाद दिदै कार्यक्रम सभापति तथा छन्त्याल परिवार अष्ट्रेलियाका अध्यक्ष पदम छन्त्याल ज्यूले कार्यक्रमलाई समापन गर्नु भएको थियो l
श्रोत: मल्कबाङ मिडिया डट कम














0 comments

Write Down Your Responses

Powered by Blogger.