९ वर्षपछि घर फर्कन थालेका नेपालीको मलेसियामा मृत्यु
१९ फागुन, क्वालालम्पुर । रोजगारीको लागि मलेसिया आएर ९ वर्षपछि नेपाल र्फकने तयारीमा रहेका एक नेपाली युवाको मलेसियामा निधन भएको छ ।
राजधानी क्वालालम्पुरभन्दा चार घण्टा टाढा पर्ने जोहोरवारुको पेकनासमा रहेको मास्टर सोफा कम्पनीमा कार्यरत कपिलवस्तु युनियागाविस वडा न ८ घर भएका अन्दानी ३२ वर्षका सुरजवहादुर विकको मृत्यु भएको छ ।
चाईनिज नयाँवर्षको विदामा घरपरिवारलाई चाहिने केहि सामानहरु किनेर सुटकेश भरिसकेका विकले गएको विहिवार आफुलाई सास फेर्न केहि असजिलो भएको वताएका थिए । साथीभाईहरुले तत्कालै उनलाई पोन्तानको अस्पतालमा पुरयाएका थिए । अस्पताल पुर्याएको चार पाचँ घण्टामै उनको मृत्यु भएको हो ।
आउँदो मार्च १८ तारिखका दिन नेपाल र्फकनको लागि कम्पनीले टिकट समेत काटदिईसकेको सातवर्षदेखि संगै काम गर्दे आएका वलराम वर्तौलाले अनलाइनखवरलाई बताए । हाल मृतकको शवलाई पोसमार्टमको लागि पोन्त्यानको अस्पतालमा राखिएको छ ।

0 comments
Write Down Your Responses