घरेलु रक्सी पिएर ५१ जनाको ज्यान गयो ३ सय बिरामी

 २९ फागुन, एजेन्सी । लिबियामा गएका दुइ दिनमा घरेलु रक्सी पिएर ५१ जना मानिसहरूको ज्यान गएको कुरा त्यहाँका अधिकारीहरूले जनाएका छन् । उक्त बिषालु रक्सी पिएका कारण अन्य ३०० भन्दा धेरै मानिसहरू बिरामी परेका छन् । 

त्यहाँको स्वास्थ्य मन्त्रालयका तर्फबाट आज जारी एक विञप्तीमा बताइए अनुसार बिषालु रक्सिका कारण मृत्यु हुनेहरूमा राजधानी त्रिपोलीमा बढि मानिसहरू रहेका छन् । उपचारका लागी १३ जनालाइ ट्यूनीशिया लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको छ ।

यस घटनाको अनुसन्धान भैरकेको बताइएको छ । रक्सीमा धेरै मात्रामा मेथेनल मिलाएका कारण, उक्त रक्सी बिषालु भएको अनुमान त्यहाँका सुरक्षा अधिकारीहरूले गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.