हेलीकप्टर दुर्घटनामा पाँच नाटो सैनिकको मृत्यु
काबुल, फागुन २९, अफगानिस्तानमा एक हेलीकप्टर दुर्घटनामा परि नाटोको अगुवाई गर्ने अन्तरराष्ट्रीय सेनाका पांच सैनिकहरूको मृत्यु भएको छ । नाटोले जारी गरेको एक विज्ञप्तीमा बताइए अनुसार यो दुर्घटना देशको दक्षिणी भागमा भएको थियो । बिज्ञप्ती अनुसार दुर्घटनाको कारणको जाँच भैरहेको छ । यद्दपी शुरूवाती जाँचले भने यो मात्र एक दुर्घटना रहेको थियो । यो कुनै विद्रोहीहरूको परिणाम नभएको बताइएको छ ।
अन्तरराष्ट्रीय सुरक्षा सहायता बल (आईएसएएफ) ले मारिएका सैनिकहरू कुन देशका नागरिक भन्ने कार भने बताएको छैन, तर दक्षिणी अफगानिस्तानमा अमेरिकी, ब्रिटिश तथा अस्ट्रेलियाली बल मात्र विद्रोहीहरूका साथमा युद्ध गरिरहेका छन् । अफगानिस्तानमा रहेका नाटो सेनाका एक लाख जवान यहां मुख्य रूपमा हवाई यातायातको मात्र सहारा लिने गर्दछन् र यहाँ प्रायजसो हेलीकप्टरहरूको दुर्घटनाग्रस्त भएका समाचारहरू आइरहने गर्दछन् ।
गत बर्षको अगष्टमा कन्धारको दक्षिणी प्रान्तमा एक ब्ल्याक हक हेलीकप्टर दुर्घटनाग्रस्त हुँदा सात अमेरिकी सैनिक तथा चार अफगान नागरिक मारिएका थिए । त्यतिबेला तालिबान आतंकवादीहरूले यस घटनाको जिम्मेबारी लिएका थिए । त्यसैगरि अगष्ट २०११ मा तालिबान आतंकवादीहरूले अमेरिकी चिनूक विमानलाइ काबुलको नजिकै खसालेका थिए । यस आक्रमणमा २२ जना नेभी सील सहित ३० अमेरिकी सैनिक र आठ अफगान नागरिक मारिएका थिए ।
0 comments
Write Down Your Responses