भारतको मथुरामा सडक दुर्घटनामा ११ को मृत्यु ४ घाइते

मथुरा, फागुन २९, भारतको उत्तर प्रदेशको मथुरा जनपदमा मंगलवार बिहान वृन्दावन बाट मथुरा आइरहेको एक इन्जीनियरिङ कलेजको बस र एक तिनपाङ्गे स्कूटर ठोक्किएर दुर्घटना भएको छ । यस दुर्घटनामा परि उक्त तीनपाङ्ग्रेमा रहेका ११ जना यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा परि चार जना  अन्य यात्रुहरू घाइते भएका छन् । मर्नेहरूमा त्यस सवारी साधनका चालक पनि रहेका छन् ।

यस घटनापछि रिसाएका मानिसहरूले त्यहाँबाट हिड्ने सवारी साधनमा तोडफोड समेत गरेका छन् । प्रहरीले घटनास्थलमा पुगेर स्थितिलाइ नियन्त्रणमा लिएको थियो । स्थानीय क्षेत्राधिकारी अतुल श्रीवास्तव ले यस दुर्घटनामा ११ जनाको मृत्यु भएको र ४ जना घाइते भएको पुष्टी गरेका छन् । उनले बताए अनुसार इन्जीनियरिङ कलेजको उक्त बस खाली रहेको थियो । उक्त बस बिद्यार्थीहरू लिनका लागी गैरहेको थियो । तर त्यो तीनपाङ्ग्रे सवारी साधनमा भने खचाखच यात्रुहरू रहेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.