७ करोडमा फिल्म बन्यो, १२ करोडको व्यापार

फागुन २९, मात्र ७ करोडको लगानीमा बनेको तिग्मान्शु धूलिया निर्देशित फिल्म ‘साहब बीवी और ग्याङ्गस्टर रिटर्न्स’ ले आफ्नो प्रदर्शनको शुरुका तीन दिनहरूमा लगानी भन्दा धेरैको कमाई गरेको छ । यस फिल्‍मले अहिले सम्म लगभग १२ करोड रूपैयाँको कारोबार गरेको छ ।

यदि फिल्मको लागतका हिसाबले कमाई हेर्ने हो भने साहब बीवी और ग्यङ्गस्टर फिल्म सफल भैसकेको छ ।  अपेक्षाकृत सानो स्टारकास्ट र बिना कुनै फिल्मी ताम-झाममा बनाइएको यस फिल्मको लागत सात करोड रूपैयाँ रहेको थियो । यसले अहिले सम्म ११ करोड ७५ लाख रूपैयाँ कमाइसकेको बताइएको छ । 

रिलीजको दिन शुक्रवार यस फिल्मले साँढे तीन करोडको सामान्य ओपनिङ गरेको थियो । दोश्रो दिन शनिवार पनि फिल्मको कलेक्‍शन लगभग यति नै रहेको थियो ।  आइतबार भने यस फिल्मले साँढे चार करोड कमाइ गरेको छ । ट्रेड जानकारहरूका अनुसार १५ मार्चमा रिलीज हुन लागेको अर्को फिल्म भन्दा अघिनै यस फिल्मले २० करोड पार गर्न सक्दछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.