३० फागुन, काठमाण्डौं । दलहरुबीच भएका छलफलका निष्कर्षलाई अन्तिम रुप दिने दलहरुको तयारी जारी रहेको छ । प्रमुखदलहरु राजनीतिक गतिरोध अन्त्यका लागि सबै दलको सुझाव तथा राष्ट्रपतिबाट आएको सुझावका आधारमा सहमतिलाई अन्तिम रुप दिन आज पनि बैठकमा जुट्ने भएका छन् ।
सेनासमायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा अहिले जारी बैठकमा दलहरुबीच भएका सहमतिलाई अन्तिम रुपम दिने र अन्य साना दलले दिएको सुझावलाई सम्बोधन गर्ने विषयमा छलफल हुनेछ । साथै बैठकमा गर्ने सहमति अनुसार प्रधानन्यायाधीश रेग्मीसँग थप परामर्श गर्ने दलहरुको तयारी छ ।
अन्तरिम संविधानमा रहेका बाधा अड्काउ फुकाउने प्रावधान दलहरुले अन्तिम रुप दिइसकेका छन् भने सहमतिको अर्को मस्यौदालाई केही विषय बाँकी राखेर तयार गरेका छन् । २५ बुँदे बाधा अड्काउ फुकाउने प्रावधानहरु र ११ बुँदे सहमतिलाई आज अन्तिम रुप दिए पनि अन्तरिम चुनावी सरकार गठन प्रक्रियामा जाने नेताहरुले बताएका छन् । दलहरुबीच शान्ति प्रक्रिया अन्र्तगत सेनाको दर्जा मिलानका विषयमा अझै कुरा मिलिसकेको छैन ।
सहमतिलाई अन्तिम रुप दिने दलहरुको प्रयास जारी
Powered by Blogger.
0 comments
Write Down Your Responses