प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाए २२ दल आन्दोलनमा
काठमाडौं,३० फागुन । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाए लगत्तै नेकपा-माओवादी नेतृत्वमा साना दलले सडक तताउने भएका छन् । प्रमुख चार शक्तिले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री मनाउने निर्णय गरे आन्दोलनमा २२ दलबीच सहमति भएको छ ।
आज बसेको २२ दलको बैठकले प्रमुख दलहरुको निर्णष् विरुद्ध निर्णय चार दलले गरे आन्दोलन चर्काउने निर्णय गरेको माओवादी सचिव देव गुरुङले जानकारी दिए । "पहिलो चरणमा चेतावनी स्वरुपको आन्दोलन गर्ने र चेतावनीको सुनुवाई नभए कडा संघर्ष सुरु हुन्छ" गुरुले भने ।
२२ दलले आफ्नो आन्दोलनका बारेमा राष्ट्रपतिलाई पनि जानकारी गराउने भएका छन् । राष्ट्रपतिलाई आन्दोलनको जानकारी सहित समय माग गरिएको नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले जानकारी दिए । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु गैर जिम्मेवारपूर्ण र विवेकहिन निर्णय हुने गुरुङले बताए ।
0 comments
Write Down Your Responses